शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

माओवादी केन्द्रको मोरङ संयोजकमा विश्वास

बिहीबार, १९ फागुन २०७८, २० : ४९
बिहीबार, १९ फागुन २०७८

नेकपा (माओवादी केन्द्र) मोरङ जिल्ला समन्वय समितिको संयोजकमा विजयकुमार विश्वास चयन भएका छन् । पार्टीको प्रदेश कमिटीले प्रदेशसभाका सदस्यसमेत रहेका विश्वासलाई संयोजकको जिम्मेवारी दिएको हो । विश्वास पूर्व राज्यमन्त्री पनि हुन् ।

माओवादी केन्द्रले संघीयताको कार्यान्वयन गर्दै जिल्ला कमिटीलाई समन्वय समितिमा रुपान्तरण गरेको छ । समन्वय समितिमा प्रदेश कमिटीले संयोजक तोक्ने व्यवस्था छ भने सचिवको निर्णय समन्वय समितिको बैठकले गर्ने
पार्टीको प्रदेश कमिटिका सचिव गणेश उप्रेतीले जानकारी दिए ।

प्रदेश कमिटीले मोरङको सह–इन्चार्जहरुमा खेम भट्टराई, लालबहादुर सुस्लिङ, हेम कार्की, प्रेम मिभव लिम्बू र सुशीला घिमिरेलाई जिम्मेवारी दिएको छ । भट्टराईले संयोजकको दावी गर्दै आएकोमा सहइन्चार्जको जिम्मेवारी दिएको हो । जिल्ला इन्चार्ज भने केन्द्रीय सदस्यमध्येबाट केन्द्रीय समितिले तोक्नेछ ।

प्रदेश कमिटीले सुनसरीको संयोजकमा पप्पु मण्डल र झापाको संयोजकमा राजु आचार्यलाई जिम्मेवारी दिएको छ । यस्तै मोहन टुडु झापा सचिब बनेका छन् । झापाको सहइन्चार्जहरुमा सीपी कडरिया, बोधराज दाहाल, ज्योतिसिंह दर्लामी, पुरुषोत्तम चुडाल, पूर्णसिंह राजवंशी र रोशन कन्दङ्वा रहेका छन् ।

प्रदेश कमिटीले प्रदेशको गौरभौगोलिक पार्टी कमिटिको संयोजकको जिम्मेवारी भानु मैनालीलाई दिएको छ । सो कमिटिको सहइन्चार्जहरुमा भुपाल सापकोटा, गरिमा भट्टराई, ओपेन्द्र राय र शिखर कडरिया रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप