शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

उद्योग अगाडि भेटिएको शंकास्पद वस्तु बम भएको पुष्टि

बिहीबार, १९ फागुन २०७८, २२ : ०१
बिहीबार, १९ फागुन २०७८

मोरङको बुढीगंगामा उद्योग अगाडि भेटिएको शंकास्पद वस्तु बम भएको प्रहरीले बताएको छ । कोशी राजमार्ग अन्तर्गत प्रिमियर वायर्स उद्योग अगाडिको सडक किनारामा आज साँझ शंकास्पद वस्तु ‘कुकर’ फेला परेको थियो । 
उक्त बस्तु बम भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी मञ्जील मुकारुङले जानकारी दिए ।  ‘उक्त बस्तु बम भएको पुष्टि भयो,’ मुकारुङले भने, ‘सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरिसक्यो ।’ बम कसले राखेको हो भन्ने कुराको भने अझै पुष्टि नभएको उनले बताए । ‘हामी अनुसन्धानको क्रममा छौं,’ उनले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप