ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
शनिबार, २१ फागुन २०७८, १२ : ०३
पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा भएको सवारी दुर्घटनामा परेर एक युवाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति रोकिराखेको ट्रकमा तीव्रगतिमा आइरहेको मोटरसाइकल ठोक्किँदा सुनसरी घर भएका अन्दाजी ३५ वर्षीय हमिद मियाँ अन्सारीको ज्यान गएको हो ।
ताराबारीस्थित पेट्रोलपम्प नजिकै रोकेर हावा भर्दै गरेको ट्रकमा पूर्वतर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किँदा आगो लागेको थियो । घटनाबारे थप अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण