कलेजो खराब गराउने खानेकुरा
कलेजो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग हो । मस्तिष्कजस्तै संवेदनशील र जटिल अंक हो कलेजो । कलेजोको मुख्य काम शरीरको विशाक्त पदार्थ बाहिर निकाल्नु हो । यसका साथै, पाचनप्रक्रिया, मेटाबोलिज्मलाई सन्तुलनमा राख्छ । पोषक तत्वहरुलाई भण्डारण पनि गर्छ । त्यसैले कलेजोलाई स्वस्थ राख्न जरुरी छ । दैनिक गरिने केही क्रियाकलाप र खानपानले कलेजोलाई असर पुर्याइरहेको हुन्छ । त्यसैले कलेजोलाई स्वस्थ राख्नका लागि केही बानीहरु छोड्न आवश्यक हुन्छ ।
चिनी
अत्यधिक चिनीको सेवन दाँतको लागि खराब मानिन्छ । र, कलेजोको लागि पनि नोक्सानदायक हुन्छ । फ्याट बनाउनका लागि फ्रक्टोज नामक चनिीको उपयोग गर्छ । तर, अधिक मात्रामा प्रोसेस्ड अर्थात सेतो चिनी र उच्च फ्रक्टोज कोर्न सिरपको सेवन गर्दा कलेजोमा समस्या पैदा हुन्छ । अध्ययनका अनुसार चिनी पनि कलेजोका लागि मद्यपानका जस्तै हानिकारक हुन्छ । तौल कम भए पनि पेस्ट्री, केक, चिनी र चिसो पेयपदार्थको सेवन कम गर्नुपर्छ ।
हर्बल सप्लिमेन्ट
बजारमा पाइने हर्बल सप्लिमेन्टमा ‘प्राकृतिक सप्लिमेन्ट’ लेखिएको हुन्छ । जसले कलेजोलाई धेरै नोक्सान पुर्याउँछ । अध्ययनका अनुसार हर्बल सप्लिमेन्टले कलेजोलाई सही तरिकाले काम गर्न दिँदैन । यसको सेवनबाट हेपाटाइटिस र लिभर फेल हुने समस्या निम्तिन्छ । यसैकारण कतिपय देशहरुमा जडिबुटीमाथि प्रतिबन्ध लगाइएको छ ।
धेरै खाना र मोटोपन
शरीरको तौल अत्यधिक हुँदा अनावश्यक फ्याटहरु कलेजोको कोशिकाहरुमा जम्मा हुन सक्छ । र मद्यपान नगर्ने व्यक्तिहरुको पनि कलेजो बिग्रिने कारण बन्न सक्छ । कलेजोको कोशिकाहरुमा फ्याट जम्मा भयो भने कलेजो सुन्निन पनि सक्छ । त्यसैले धेरै व्यायाम, धेरै तौल, धेरै डाइट कलेजोको लागि हानिकारक छ ।
पेयपदार्थ
जो व्यक्तिहरु नरम पेयपदार्थहरु पिउँछन् उनीहरुको कलेजोमा पनि फ्याटी लिभर हुने सम्भावना बढी हुन्छ । यसैगरी, ट्रान्स फ्याट डिब्बा बन्द गरिएको खाद्य पदार्थमा पाइन्छ । यसलाई मानवनिर्मित फ्याट भनिन्छ । यसको सेबले तौल बढ्ने र कलेजो सुन्निने समस्या पैदा गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको देउवा समूहको बैठक चुनदेवीमा
-
कांग्रेस इतर समूहका नेताहरू चुनदेवीस्थित नयाँ कार्यालयमा (तस्बिरहरू)
-
कम्बोडियाको वन्यजन्तु अध्ययनमा एसियाली हात्तीसहित १४ दुर्लभ प्रजाति फेला
-
ब्रिटिश प्रोफेशनल कलेजमा युनिभर्सिटी अफ लन्डनको बीएससी र एमएससी कार्यक्रम सुरु
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण