भारतमा थप ५ हजार ९ सय जना कोरोना सङ्क्रमित
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको छ । सरकारी अधिकारीहरूले शनिबार बिहान दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप पाँच हजार ९२१ जना सङ्क्रमित भएका छन् ।
योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने ६३ हजार ८७८ पुगेको अधिकारीहरूले जनाएका छन् । भारतको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ११ हजार ६५१ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।
एउटै अवधिमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या पनि घट्दै गइरहेको हो । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २३ लाख ७८ हजार ७२१ पुगेको छ ।
कोरोनाभाइरसका कारण भारतमा अहिलेसम्म पाँच लाख १४ हजार ८७८ जनाको मृत्यु भएको छ । तीमध्ये २८९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । गत शुक्रबार एक दिनमा भारतमा नौ लाख ४० हजार ९०५ जनाको कोरोना परीक्षण गरिएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण