जनता आवास कार्यक्रम : चार सय ३७ घर निर्माणाधीन
जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुर र कैलालीमा ४३७ दुईकोठे घर निर्माणाधीन अवस्थामा रहेका छन् । न्यून आय भएका दलित एवं विपन्न परिवारका लागि सरकारले १० करोड रकम विनियोजन गरेर घर बनाइदिन लागेको हो । गत आर्थिक वर्षदेखि यहाँ उक्त कार्यक्रमअन्तर्गत निर्माणको काम थालिए पनि कोरोना भाइरस सङ्क्रमणका कारण काम प्रभावित बनेको थियो ।
जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुरमा २३७ र कैलालीमा २०० घर निर्माण भइरहेको शहरी विकास तथा भवन कार्यालय धनगढीका प्रमुख गोविन्द देवकोटाले जानकारी दिए । “चालू आर्थिक वर्षमा ९० प्रतिशत घर निर्माण गरिसक्ने लक्ष्य रहेको छ”, प्रमुख देवकोटाले भने, “अहिले घर निर्माणको प्राविधिक र अन्य रेखदेखको काम हामीले नै गरिरहेका छौँ ।” उनका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकामा ६६, कृष्णपुर नपामा ३३, पुनर्वास नपामा ३३, दोधारा–चाँदनी नगरपालिकामा ३९, बेलौरी नपामा ३३ र बेदकोट नपामा ३३ घर बनिरहेका छन् ।
त्यसैगरी कैलालीमा धनगढी उपमहानगरपालिकामा ४२, गोदावरी नपामा २८, गौरीगङ्गा गाउँपालिकामा नौ, घोडाघोडीमा २३, बर्दगोरिया गाउँपालिकामा १४, लम्कीचुहा नगरपालिकामा २७, जानकी गाउँपालिकामा १५, भजनी नगरपालिकामा २१ र टीकापुर नगरपालिकामा २१ घर निर्माण भइरहेका छन् । “उभोक्ता र लाभग्राहीसित सम्झौता भएर घर बन्दैछन्”, प्रमुख देवकोटाले भने, “घर बनाउन प्रति परिवार रु तीन लाख ३६ हजार सरकारले दिएको छ ।” उनका अनुसार प्रति परिवार र उपभोक्ता समितिले १० प्रतिशत श्रमदान गर्नुपर्ने प्रावधान रहेको छ । घर निर्माणका लागि कैलालीमा पाँच करोड पाँच लाख र कञ्चनपुरमा पाँच करोड ७६ लाख रकम विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण