बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

पाल्पामा बसको ठक्करबाट एक जनाको मृत्यु

आइतबार, २२ फागुन २०७८, १८ : २८
आइतबार, २२ फागुन २०७८

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिकामा आज बसले स्कुटीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सो नगरपालिको वार्ड ८, भालेबासमा विपरीत दिशाबाट आएको लु २ ख ८३५ नम्बरको बसले पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु ७७ प २२०२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा माथागढी गाउँपालिका–२, खहरेका  २७ वर्षीय ऋषिकेश सारुको मृत्यु भएको हो ।  

बसको ठक्करबाट स्कुटी चालक गम्भीर गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिए । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप