गुल्मीमा हाइड्रोपावरको ड्याममा डुबेर एक युवकको मृत्यु
आइतबार, २२ फागुन २०७८, २१ : २२
गुल्मीको चन्द्रकोट गाउँपालिकास्थित हाइड्रो पावरको ड्याममा पौडी खेल्ने क्रममा प्युठानका एक युवकको डुबेर मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिकाको केन्द्र रहेको शान्तिपुर बजार नजिकै रहेको हाइड्रोपावरको ड्याममा आईतबार दिउँसो पौडी खेल्ने क्रममा हाईड्रोपावरभित्र छिरेर प्युठानको नौवहिनी गाउँपालिका–२ का अन्दाजी २० बर्षीय नेपालसिंह थापाको मृत्यु भएको हो ।
ड्याममा तीन जना पौडी खोल्न पुगेका र तीमध्ये थापाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी माधवप्रसाद खरेलले जानकारी दिए । मृतकको शव अहिले जिल्ला अस्पताल तम्घासमा पोष्टमार्टमका ल्याइएको छ । मृतक थापा सडकको काम गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण