स्थानीय तहको निर्वाचनको तयारीमा जनमत पार्टी
सोमबार, २३ फागुन २०७८, १० : ०३
जनमत पार्टी आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पनि होमिएको छ । त्यसका लागि जनमतले निर्वाचन केन्द्रीय प्रशिक्षणका कार्यक्रम स्थानीय तहसम्मै चलाउने भएको छ । यसको जिम्मेवारी जिल्ला कार्यकारिणी समितिलाई दिइएको छ । केन्द्रीय कार्यकारिणी समितिको अनलाइन बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्ला कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यले जिम्मेवारी बाँडफाँट गरेर काम गर्ने पार्टीले जनाएको छ । त्यस्तै, किसान आन्दोलनका थप कार्यक्रम होली पर्व अर्थात ५ चैतपछि घोषणा गर्ने निर्णय पनि बैठकले गरेको छ । यसअघि २० फागुनसम्म आन्दोलन भएको थियो । २० जिल्लामा भइसकेको माटो यात्रालाई बाँकी जिल्लामा पनि निरन्तरता दिइने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण