नोट अफ डिसेन्टबारे स्थानीय निर्वाचनपछि छलफल गर्न प्रचण्डको प्रस्ताव
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीभित्र मतभेद रहेको स्वीकार गर्दै एमसीसीका सन्दर्भमा देखिएका नोट अफ डिसेन्ट लगायतका विषयमा आगामी स्थानीय तहको निर्वाचनपछि छलफल गरिने बताएका छन् । सबै विषयहरु पार्टी कार्यालयमा पार्टी सम्पत्तिको रुपमा दर्ज भएको भन्दै प्रचण्डले यसबारे आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनपछि छलफल गर्ने प्रस्ताव गरेका हुन् ।
‘मतभेद त भयो । केन्द्रीय समितिमा प्रस्तुत र दर्ज पनि भयो । यो सबै कुरा पार्टीका सम्पत्ति भयो । तर आजको परिस्थितिको बाध्यात्मक स्थिति भयो । अन्य पार्टी चुनावमा गइसकेका छन् । हामी पनि छिटै जानुपर्ने छ । हामी केमा पुग्यौँ भने नोट अफ डिसेन्टहरु कार्यालयमा दर्ज भएर बसेका छन्’, प्रचण्डले बैठकमा गरेको सम्बोधनलाई उदृत गर्दै स्रोतले भन्यो, ‘स्थानीय निर्वाचन सकिएपछि केन्द्रीय समितिको बैठकमा फेरि फोरम चलाएर बहस गरौँ । तलसम्म पनि निश्चित समयसम्म छलफल चलाऔँ ।’
उनले आवश्यक पर्दा संघीय चुनावपछि विशेष महाधिवेशन राख्न सकिने पनि बताए । प्रचण्डले केन्द्रीय समिति बैठक आगामी जेठ २० गतेलाई प्रस्ताव गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण