के युद्धसँगको प्रेममा छिन् पूजा ?
पल शाह प्रकरणमा पीडित नाबालिग गायिकालाई गाली गरेको कारण पछिल्लो समय सामाजिक सञ्जालको तारो बनेकी अभिनेत्री पूजा शर्मा बेलाबेलामा प्रेमका कारणले समेत चर्चामा छाउने गरेकी छन् ।
पछिल्लो समय युद्ध बानियाँसँगको उनको प्रेमको विषय मिडियामा समाचार बन्न थालेको छ । केही दिन अगाडि सामाजिक सञ्जालमा युद्ध बानियाँ सँगको तस्बिर सार्वजनिक गर्दै उनले लेखेकी छन् ‘तपाई हुनुहुन्छ ।’ पोष्टको अन्त्यमा उनले प्रेमको प्रतिक समेत राखेकी छन् । उनको पोष्टमा दुबैलाई सबैले बधाई दिइरहेका छन् ।
उनको पोष्टलाई कतिपय मिडियाले ‘पूजाले सार्वजनिक गरिन् प्रेमी’ शीर्षकका समाचार समेत बनाएका छन् । मिडियामा छाएका यस्ता समाचारमा उनी मौन छिन् । उनी र युद्धसँगका विवाह हल्ला समेत चलिरहेको छ । पूजा र युद्धको प्रेम र विवाह हल्लालाई फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शनले थप बल पुर्याएको छ । फिल्मको प्रदर्शनमा यी दुबै उपत्यका र उपत्यकाबाहिर एकसाथ देखिएका थिए ।
हुन त युद्ध र पूजाको प्रेमको चर्चा यो पहिलो होइन । यस अगाडि पनि कयौपटक यस्ता चर्चा भइसकेका छन् । तर, उनीहरु दुबैले खुलेर प्रेम समेत स्वीकार नगरिरहेको अवस्था हो । पूजाको यसअगाडि आकाश श्रेष्ठसँग प्रेमको हल्ला चल्ने गरेको थियो । युद्धसँग नाम जोडिन थालेपछि आकाश र पूजाको प्रेमका गसिफ सेलाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण