‘फाइनान्सियल नोटिसेस’ एप्स लाखपटक डाउनलोड
बैंक तथा वित्तीय क्षेत्रको डिजिटल सूचना प्रदान गर्ने वित्तीय साक्षरतामूलक ‘फाइनान्सियल नोटिसेस’ एप्स डाउनलोड गर्नेको संख्या एक लाख नाघेको छ । यो एपबाट बैंक तथा वित्तीय संस्थाको डिजिटल सूचना एन्ड्रोइड, आइओइस र वेब भर्सनमा हेर्न सकिन्छ । पछिल्लो समय नेपालीहरूमा मोबाइल तथा इन्टरनेटको प्रयोग बढिरहँदा वित्तीय कारोबार, पूँजीबजारप्रति आकर्षण, बैंकिङ्ग च्यानल प्रयोग पनि बढ्दै जाँदा वित्तीय साक्षरताको महत्व र आवश्यकता महसुस भई यस एप्सको प्रयोग दिनप्रतिदिन बढिरहेको सञ्‍चालकले जानकारी दिएका छन्‌ ।
फाइनान्सियल नोटिसेस् एप्स नयाँ प्रविधि (फल्टर टेक्नोलोजी) मा अद्यावधिक गरिएको छ । एप्सलाई आकर्षक ग्राफिक्स लेआउटमा परिवर्तन गरी प्रयोगकर्ताको उत्कृष्ट अनुभव समेटिने हिसाबले प्रयोगकर्ता मैत्री बनाई केही महत्वपूर्ण फिचरहरू थप गरिएको पनि कम्पनीले जनाएको छ । नेपाली र अंग्रेजी दुवै भाषा छनोट गर्न मिल्ने, फिङ्गर प्रिन्ट वा पिनको सहायताले एप लक गर्न सकिने उक्त एप्स अबदेखि डार्क मोडमा समेत प्रयोग गर्न सकिने भएको बताइएको छ ।
व्यक्ति वा संस्थागत दैनिक खर्च र आम्दानीको हिसाब राख्ने फाइनान्स ट्रयाकर र कर्जा सापटी लेनदेनको हिसाब राख्ने क्रेडिट ट्रयाकरमानयाँ सुविधाथप गरी व्यवस्थित गरिएको र लेजरबुकको सुविधा थप भएकाले प्रयोगकर्ताहरूले वस्तु खरिद बिक्रीका हिसाब तथा व्यावसायिक लेजरबुकमा राखिने हिसाब सहजै र सरल रुपमा लेखा राख्न सकिने सो कम्पनीको दाबी छ ।
एप्स डाउनलोड गर्नेको संख्या एक लाख पुगेको उपलक्ष्यमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश अर्यालले डिजिटल सूचनाप्रति आमनागरिकको चासो बढ्नुले वित्तीय साक्षरता अभिवृद्धि गर्ने अभियानमा आफूहरूलाई ठूलो जिम्मेवारी थपिएको महसुस गरेको बताएका छन्‌ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
-
वर्षामा बीपी राजमार्ग: अवरुद्ध भए आधा घण्टामै खुलाइने
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण