प्रेमीबाट हिंसाको सिकार भए यी ५ अभिनेत्री
फिल्म उद्योगका अभिनेत्रीहरूले बर्षेनी विभिन्न खालका हिंसाको सिकार हुनु परिरहेको छ । फिल्म अभिनयमा मात्र होइन, उनीहरु प्रेमी र श्रीमान्बाट समेत हिंसाको सिकार भएको देख्न समाचार मिडियामा छाउने गरेको छ । आज महिला दिवसमा हामी बलिउडका ति ५ अभिनेत्रीको चर्चा गर्दैछौ । जो प्रेमी र श्रीमान्बाट हिंसाको सिकार भएको थिए ।
जीनत अमान :
पुरानो जमानाकी अभिनेत्री जीनत अमानका पहिलो श्रीमान् सञ्जय खान थिए । सञ्जयले जीनतलाई बङ्गारा भाँच्चिने गरेर कुटपिट गरेका थिए । उनको आँखामा गहिरो चोटसमेत लागेको थियो । उनी दोस्रो श्रीमानबाट समेत हिंसाको सिकार भएकी थिइन् ।
ऐश्वर्या राय (बच्चन) :
ऐश्वर्या राय (बच्चन) र सलमान खान एक समय प्रेममा थिए । यी दुईबीच कयौँ पटक झगडा भएको थियो । दुबैको प्रेमले चर्चा समेत पायो र छिट्टै प्रेमसमेत टुट्यो । ऐश्वर्याले सलमानलाई कुटपिट र गाली–गलौजको आरोपसमेत लगाएकी थिइन् ।
श्वेता तिवारी :
अभिनेत्री श्वेता तिवारीलाई उनको श्रीमान् राज चौधरीले निक्कै हिंसा गरेका थिए । राजले नसामा चुर भएर कयौ पटक हिंसा गरेको श्वेता बताउँछिन् । सन् १९९८ मा विवाह भएका यो जोडीको सन् २०१२ मा विवाह टुटेको थियो । त्यसपछि श्वेताले अभिनव कोहलीसँग विवाह गरेकी थिइन् । यो सम्बन्ध पनि कुटपिटको कारणले छुटेको थियो ।
युक्ता मुखी :
पूर्व मिस वल्र्ड युक्ताले विवाहको ५ वर्षपछि श्रीमानविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । उनले श्रीमानलाई दाइजो मागेको र अप्राकृतिक यौन सम्बन्ध स्थापित गरेको आरोप लगाएकी थिइन् ।
करिश्मा कपुर :
अभिनेत्री करिश्मा कपुरले व्यवसायी संजय कपुरसँग विवाह गरेकी हुन् । सन् २०१४* मा यी दुईको डिभोर्स भयो । करिश्माले संजयलाई घरेलु हिंसाको आरोप लगाएकी थिइन् ।
*यसअघि अन्यथा भएकोमा सच्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण