बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कपिलवस्तुमा ट्रकमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

मङ्गलबार, २४ फागुन २०७८, १३ : ५०
मङ्गलबार, २४ फागुन २०७८

कपिलवस्तुको वाणगंगा नगरपालिका–२ पिपराचोकमा सोमबार राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बुद्धभूमि नगरपालिका–८ डुमराका ४० वर्षीय गणेश आचार्य रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बुटवलस्थित एडभान्स सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार राति ११ बजे चेकपोष्ट नजिकै रोकेर ईन्ट्री गर्दै गरेको सुदूर पश्चिम प्रदेश ०१–००१ ख २९५६ नम्बरको ट्रकमा लु ७८ प ९६६१ नम्बरको मोटरसाइकल ठोकिएको थियो । 

ट्रक सहित चालकलाई ईलाका प्रहरी कार्यालय पिपराले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप