छोरी पाउने सबैभन्दा भाग्यमानी हुन् : एमाले अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक व्यक्तिको पहिलो शिक्षक आमा भएको बताउँदै महिला शिक्षामा जोड दिनुपर्ने बताएका छन् । अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा अखिल नेपाल महिला संघले मंगलबार काठमाडौंमा गरिएको कार्यक्रममा बोल्दै उनले महिलाहरु शसक्त हुँदै गएको बताए ।
कार्यक्रममा बोल्दै छोरा र छोरीमा विभेद नगर्न आग्रह गर्दै उनले बढ्ता भाग्यमानीले छोरी पाउने बताए । उनले छोरीले हेला होचाइका साथ हुर्किनु नपरोस् भन्दै महिलाहरुलाई अघि बढाउन सरकारले विशेष नीति बनाउनुपर्ने बताए । उनले छोरीहरू पढाईमा अब्बल हुने र लोकसेवा टप्नेमा महिला धेरै भएको बताए ।
शारिरिक रुपमा पुरुषजति बराबर हुन नसकेपनि बौद्धिक रुपमा महिलापनि पुरुषभन्दा अगाडि रहेको ओलीको भनाइ छ । उनले महिला पीडित हुने विषयलाई गम्भीर रुपमा लिएको बताउँदै गत वर्ष एसिड आक्रमणका सन्र्दभमा कडा खालको कानुन ल्याएको उल्लेख गरे ।
मनुस्मृतिमा महिला बिरुद्ध भएका कुरा पछि पण्डितहरूले ४ सय श्लोक थपेर विकृत बनाईदिएको उनको दावी छ । मनुस्मृतिमा ४ सय नचाहिने श्लोक घुसाएर मनुस्मृतिको बदनाम गरिएको उनले बताए । बालक हुँदा बावुको संरक्षणमा, युवा हुँदा पतिको संरक्षणमा र बुढो भएपछि सन्तानको संरक्षणमा रहने भनेर मनुस्मृतिमा पछि थपिएको बताउदै महिला हरेक कुरामा सक्षम रहेको उल्लेख गरे । उनले महिला शिक्षालाई व्यापक बनाउनुपर्ने बताउदै छोरा र छोरीमा अझै विभेद रहेको बताए ।
उनले राजनीतिमा महिला सहभागिता ३३ प्रतिशत पु¥याएको बताए । यस्तै संसदमा ३३ प्रतिशत र स्थानीय तहको जनप्रतिनिधिमा ४१ प्रतिशत महिला सहभागी गराएको बताउदै विश्वका शक्तिशाली देशलाई नेपालमा ३३ प्रतिशत महिला सहभागिता गराएको भन्दा जिब्रो टोक्ने गरेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन एकपछि अर्को गर्दै एक्लिँदै छ नेकपा एमाले ?
-
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
-
लुम्बिनीमा कांग्रेस अझै पर्खाइमा, भोलि पुन बैठक बस्ने
-
सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा दुई सदस्य मनोनित
-
जेनजी आन्देलनमा जलेका सामानको लगत कट्टा गर्ने बागमती सरकारको निर्णय
-
तत्काल राजीनामा दिनेभन्दा पनि संविधानअनुसार विश्वासको मत लिन्छुः मुख्यमन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण