ओलीले भने - अहिलेको लडाईं परमादेशी र जनादेशीबीचको हो
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा अबको लडाईं सत्य र असत्यबीचको भएको बताएका छन् । मंगलबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिमा अबको लडाईं सत्य र असत्यबीचको भएको बताएका हुन् ।
उनले सत्य र असत्यको लडाईं बेलाबेलामा हुने गरेको दृष्टान्त दिँदै अबको लडाईं परमादेशी र जनादेशीबीचको भएको बताए । अध्यक्ष ओलीले एमाले जनताको पक्षमा लड्ने पार्टी भएको पनि बताए ।
उनले भने, ‘सत्य र असत्यको लडाईं समय समयमा हुन्छ, कहिले रावण र रामका बीचमा हुन्छ । कहिले पाण्डव र कौरवका बीचमा हुन्छ । कहिले कृष्ण र कंशका रुपमा हुन्छ । अनेक रुपमा सत्य र असत्यका बीचमा लडाईं हुन्छ । आजको परमादेशी र जनादेशीका बीचमा भएको लडाईं हो । असत्यको प्रतिकको लडाईं भनेको परामादेशी शक्तिहरु हुन् । जनादेशको पक्षमा रहेका जनादेशमा जाने जनताको अभिमतबाट अघि बढ्न खोज्ने हामी जनताको पक्षमा लडिरहेका छौँ ।’
अध्यक्ष ओलीले राजनीतिक मैदानका सर्वश्रेष्ठ सिद्धान्तबाट एमाले अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन एकपछि अर्को गर्दै एक्लिँदै छ नेकपा एमाले ?
-
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
-
लुम्बिनीमा कांग्रेस अझै पर्खाइमा, भोलि पुन बैठक बस्ने
-
सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा दुई सदस्य मनोनित
-
जेनजी आन्देलनमा जलेका सामानको लगत कट्टा गर्ने बागमती सरकारको निर्णय
-
तत्काल राजीनामा दिनेभन्दा पनि संविधानअनुसार विश्वासको मत लिन्छुः मुख्यमन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण