सभामुख स्वेच्छाचारी भए : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाको आलोचना गर्दै सभामुखले मनपरी गरेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा अखिल नेपाल महिलासंघले गरेको कार्यक्रममा बोल्दै उनले सभामुख स्वेच्छाचारी भएको टिप्पणी गरे ।
सभामुख सापकोटाले तमासा देखाएको आरोप लगाउँदै उनले भने–‘सभामुखको तर्फबाट नियम कानुन भन्ने कुराको कुनै मतलव छैन् । स्वेच्छाचारिता, मनपरितन्त्र, कुनै पार्टीको अध्यक्षले ब्यक्तिगत तबरमा गरेको निर्णयका आधारमा सूचना जारी गरिदिने, कुनै पार्टीले केन्द्रीय कमिटीले निर्णय गरेको पार्टीको सरकार ढाल्ने, पार्टी फुटाएर हिँड्ने, प्रतिक्रियावादीहरुलाई फाइदा पु¥याउने, दुई तिहाईको आसपासमा पुगेको वामपन्थी आन्दोलनलाई चकनाचुर पारेर दक्षिणपन्थीहरुको पाउ मोल्न जानेहरूलाई निकालेको पनि सदर नगरी सभामुख बसिरहेका छन् ।’
उनले अदालत, सभामुख, सरकार, निर्वाचन आयोग सवै एमालेको बिरुद्धमा लागेको आरोप लगाए । उनले परमादेशबाट मुद्धा जितेर बनेको सरकार एमालेको विरोधी स्वभाविक भएको बताउँदै मुद्धा जितेर पनि कहीँ सरकार बन्छ भन्दै प्रश्न गरे ।
उनले भने–‘अव मुद्धा जितेर कोही स्थानीय तहको मेयर बन्छ रु मुद्धा जितेर मन्त्री, प्रधानमन्त्री बन्ने कस्तो जमाना आयो । लोकतन्त्र भनेको छ मुद्धा जितेर आएको छ ।’ उनले समृद्ध नेपाल सुखी नेपाली भनेर आफूले पढाएपनि आफ्ना विरोधीहरुले त्यो सिक्नै नसकेको दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षमा ६ पटक सरकार गठन, सातौं कसरतमा कांग्रेस, एमाले र नेकपा
-
एमालेको सदस्यता नवीकरण करिब ४० प्रतिशत मात्र
-
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
-
सांसदहरूलाई स्वकीय सचिव राख्न दिन ऐन परिमार्जन
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण