दृष्टिविहीन महिलाको पीडा : गुजारा चलाउनै समस्या
दृष्टिविहीन महिलाले कोरोना महामारीका कारण आफूहरुलाई गुजारा चलाउनै समस्या परेको बताएका छन् । पाल्पाको रिब्दिकोट गाउँपालिका–३ की ईन्दिरा थापा क्षेत्रीले कोरोना महामारीका कारण सडक संगीतसमेत प्रभावित भएपछि आफूहरुलाई गुजारा चलाउनै समस्या भएको बताइन् ।
दृष्टिविहीन महिलालाई जीवनका हरेक पाइला चुनौतीपूर्ण रहेको उनको भनाइ छ । गाडीमा हिँड्दादेखि विभिन्न ठाउँमा यौन हिंसा सहनु पर्ने गुनासोसमेत उनले गरिन् ।
उनकी बहिनी पनि दृष्टिविहीन छिन् । यद्यपि बहिनीले दृष्टिविहीनसँगै विवाह गरेको उनको भनाइ छ । तर, आफू भने विवाहित भएर पनि एक्लै बस्नु परेको उनले बताइन् । ११ वर्षको उमेरमै आफूभन्दा तेब्बर बढी उमेरको पुरुषसँग विवाह गरेकी उनलाई केही वर्षमै घर परिवारले हेला गर्न थालेपछि माइत आएर बस्नु परेको हो ।
हाल उनी बुटवल–१२ मा डेरा लिएर बस्दै आएकी छन् । उनीसँगै अन्य चार जना दृष्टिविहीन डेरामा बस्छन् । सडक संगीतका माध्यमबाट जीविका चलाउँदै आए पनि कोरोना महामारीले यो पेशा पनि नराम्ररी प्रभावित भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण