आजदेखि देहिमाडौँमा मेयर कप क्रिकेट
बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि पाचौँ संस्करणको मेयर कप पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिता चैत २ गते सम्पन्न हुने।
प्रतियोगिता देहिमाडौँमा उद्घाटन गरिने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए । निङग्लाशैनी खेलमैदान देहिमाडौँमा हुने उद्घाटन खेलमा दशरथचन्द नगरपालिका– ४ खलङ्गा र नगरपालिकाका ९ ग्वाल्लेक भिड्ने भएका छन् । प्रतियोगितामा सहभागी हुने ११ टोलीलाई चार समूहमा विभाजन गरिएको नगर क्रिकेट समितिले जनाएको छ ।
उपाधि विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ । नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार हरेक वर्ष मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।
प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ । यसअघि गतवर्ष सम्पन्न चौंथो संस्करणको मेयर कपको उपाधि वडा नं ५ दशरथचन्दलाई ४ रनले स्तब्ध पार्दै वडा नं ४ खलङ्गाले हात पारेको थियो । यसैबीच पाँचौँ संस्करणको उपमेयर कप महिला क्रिकेट प्रतियोगिता भने चैत ४ गतेदेखि सञ्चालन हुने नगर क्रिकेट समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण