शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नदीमा डुबेर बालिकाको मृत्यु

बुधबार, २५ फागुन २०७८, १८ : ३५
बुधबार, २५ फागुन २०७८

गोदावरी नदीमा डुबेर एक बालिकाको ज्यान गएको छ । कैलालीको गोदावरी नदीमा नुहाउने क्रममा डुबेर गोदावरी नगरपालिका–२ की १५ वर्षीया बालिका खेमा खड्काको मृत्यु भएको हो ।

साथीहरूसँग नुहाउन गएका बेला बालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । बालिकाको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप