कालापहाडबाट जुम्ला फर्किनेको लर्को
रोजगारीका लागि भारत गएका जुम्लाबासी फर्कने क्रम सुरु भएको छ । दैनिक नेपालगन्जको रुपैडिया नाका हुँदै नेपाल फर्कने जुम्लावासीको घुइँचो लाग्न थालेको हो । गाउँमा रोजगारी नमिलेपछि कामका लागि उनीहरू कालापहाड जाने गर्छन् ।
दसैँलगतै कालापहाड पसेका जुम्लावासी फागुन महिना लागेपछि घर फर्कन थालेका हुन् । ‘घरमै बसौं रोजगारीका अवसर छैनन् । बेरोजगार भएर नाङ्गो परिवार टुलुटुलु हेरेर बस्न सकिँदैन,’ स्थानीय बिर्षबहादुर बुढाले भने,‘कालापहाड रहर होइन, बाध्यता हो ।’
हिउँदको सुख्खा सिजनमा खेतीपातीका लागि कुनै काम नहुँदा आफूहरू काला पहाड जाने गरेको उनले बताए । घर फर्कँदा सीमा नाकामा निकै सास्ती खेप्नु परेको गुनासो उनीहरूको छ । जुम्लाका एक नगरपालिका र सात वटै गाउँपालिकाबाट युवा कालापहाड जाने गरेका छन् ।
‘गाउँमा रोजगारीको कुनै अवसर छैन । कालापहाड जानुको विकल्प पनि हुँदैन’ बिर्खबहादुरले भने, ‘कर्णालीका सबै जसो जिल्लाबाट मजदुरीको लागि कालापहाड जाने गरेका छन् । भारतका अधिकांश सहरमा कर्णालीवासी भेटिन्छन् ।
जुम्लामात्रै होइन कर्णालीबाट हजारौं युवा कालापहाड जानेगर्छन् । गाउँमा आउने विकास निर्माणका काम पहुँचवालाको हातमा जान थालेपछि सर्वसाधारण कालापहाड रोज्न विवश हुने गरेको उनले बताए ।
युवा जति भारतमा जान थालेपछि गाउँमा बालबालिका, महिला र बुढाबुढी मात्र रहेको उनले बताए । कालापहाडबाट अटोरिक्सावालाले पनि दोब्बर रुपैयाँ लिने गरेको उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण