प्रदेश प्रमुख परियारद्वारा विधेयक प्रमाणीकरण
बिहीबार, २६ फागुन २०७८, २२ : ४२
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णाली प्रदेशसभाबाट पारित दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् । कर्णाली प्रदेशसभा सचिवालय वीरेन्द्रनगर सुर्खेतले ‘कर्णाली प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘आव २०७८/०७९ को सेवा र कार्यका लागि कर्णाली प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेश प्रमुखको कार्यालयमा बुधबार साँझ ७ः ३० बजे पठाएको थियो ।
प्रदेशसभा सचिवालयबाट प्राप्त दुवै विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज प्रदेश प्रमुख परियारले प्रमाणीकरण गर्नुभएको सूचना प्रेस विज्ञप्तिमार्फत जानकारी गरिएको कर्णाली प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण