बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाललाई श्रीलंका ११ को २३३ रनको लक्ष्य

बिहीबार, २६ फागुन २०७८, २२ : २५
बिहीबार, २६ फागुन २०७८

श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट सामू चौथो अभ्यास खेलमा श्रीलंका ११ ले २३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङमा आएको श्रीलंका ११ ले ४८ ओभर २ बलमा सबै विकेट गुमाउनुअघि २३२ रनको योगफल तयार गर्‍यो ।

श्रीलंका ११ का सदुन विराकोदीले ४९, रमेश निमान्थाले १८, दिल्सान मुनाविराले १४, थिसरा परेराले आठ, चमरा सिल्भाले ६ र उपुल थरंगाले तीन रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरीले र सागर ढकालले समान तीन विकेट लिए । यस्तै, सोमपाल कामीले दुई र आरिफ शेखले एक विकेट लिए ।

यसअघि नेपालले पहिलो र दोस्रो अभ्यास खेलमा श्रीलंका नेभीलाई क्रमशः १११ र ८९ रनले पराजित गरेको थियो । बिहीबार भएको चौथो अभ्यास खेलमा नेपालले श्रीलंका पुलिसलाई एक सय ४४ रनले पराजित गरेको थियो ।

नेपाली क्रिकेट टिम आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृंखला खेल्न मार्च १४ मा श्रीलंकाबाट सिधै युएई जाने तालिका छ ।

नेपालले लिग–२  अन्तर्गतको आफ्नो तेस्रो  शृंखलामा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।

नेपाल टिम : 
कप्तान सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी, सागर ढकाल, सोमपाल कामी, विक्रम सोब, रोहित कुमार पौडेल, आरिफ शेख
श्रीलंका कम्बाईन ११ : 
कप्तान थिसारा परेरा, थरंगा, सदुन विरकोडी, सेकुगे प्रसन्ना, दिलुरुवान परेरा, चमारा सिल्भा, धम्मिका प्रसाद, रमेश निमान्था, अनुक फर्नान्डो, दिलांका अवाभ्दत 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप