बसले कारलाई ठक्कर दिँदा एक पुरुषको मृत्यु
शनिबार, २८ फागुन २०७८, १४ : ३२

पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–९ थुम्सीमा गएराती बसले कारलाई ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बसमा सवार ललितपुरको कुपण्डोलका ६० वर्षीय बासुदेव थापा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुरस्थित सरकारी अस्पतालमा शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
ना ६ ख ९४५९ नम्बरको बसले प्रदेश ३, ०१, ०२२ च ५८०७ नम्बरको कारलाई शुक्रबार राति साढे ९ बजे ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न दुवै सवारी साधनसहित चालकलाई इलाका प्रहरी कार्यालय गैडाकोटले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरी गाउँपालिकाको बजेट ४३ करोड ९४ लाख
-
बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेती गरिने
-
नेपाली युवाले अष्ट्रेलियामा बनाए ‘ऋ प्रो’ एप
-
१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
-
गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित