डाक्टर र वैद्यले मलाई सताउँदा बोगटीले उनीहरूको पसिना निकाल्थे : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोष्टबहादुर बोगटीलाई सिनियर भनेका नेताहरुकै सौहार्द ढङ्गले आलोचना गर्न सक्ने नेताको रूपमा स्मरण गरेका छन् । नुवाकोटमा बोगटीको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेताहरुबीच विवाद हुँदा टेबल ठट्याएर कुरा राख्ने गरेको स्मरण गरेका हुन् ।
उनले भने, ‘बेलाबेला नेताहरुबीच अन्तर्विरोध हुँदा हामी सीमा नाघेर एकअर्कालाई चर्को आलोचना गर्थ्यौँ । तर जब पोष्टबहादुर बोगटी टेबल ठट्याएर आफ्नो कुरा राख्नुहुन्थ्यो, हामी सिनियर भनिएका नेताहरुकै सातो जान्थ्यो ।’
डा.बाबुराम भट्टराई र मोहन वैद्य किरणप्रति लक्षित गर्दै प्रचण्डले बोगटीले विद्वानहरूको समेत पसिना निकाल्ने गरेको प्रसङ्ग सुनाए । ‘डाक्टर र वैद्यले बेलाबेला हेडक्वार्टरलाई सताउने गर्थे । त्यतिबेला पोष्टबहादुर बोगटीले डाक्टर होस् या वैद्य सबैको पसिना निकाल्थे ।’
उनले भने, ‘पार्टीमा अप्ठ्यारो आउँदा वा अन्तर्विरोध चर्किँदा म उहाँलाई तपाईं जानु भन्थेँ । उहाँ त्यसलाई समाधान गर्नुहुन्थ्यो । युद्धको बेला होस् या शान्तिको बेलामा होस् उहाँ सर्वस्वीकार्य हुनुभएको थियो । उहाँलाई कसैले नकार्न सक्दैन थिए ।’ बोगटीको असामयिक निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको बताउँदै उनको निधनमा सिङ्गो राष्ट्रले शोक मनाएको जिकिर गरे । ‘बोगटीको निधनबाट सबैभन्दा दुःख भोग्ने दुःखी पात्र म बनेको छु,’ उनले भने ।
फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले नेपालको राजनीतिमा माओवादी सधैँ सङ्कट मोचकको भूमिकामा देखिएको जिकिर गरेका छन् । शान्ति प्रक्रिया, संविधान निर्माणदेखि एमसीसी विवादमा माओवादीले सङ्कट मोचकको भूमिका खेलेको उनले बताए । ‘व्याख्यात्मक घोषणामार्फत देशलाई फेरि अर्को दुर्घटनाबाट जोगाएका छौँ । आगामी दिनको चुनावमा जनताले पक्कै पनि यसको मूल्याङ्कन गर्नेछन्,’ प्रचण्डले भने ।
एमसीसी घोषणापछि पार्टीभित्र के होला भन्ने चिन्ता देखिए पनि फेरि एक पटक पार्टीलाई एकताबद्ध राखेर चुनावमा एकताबद्ध रूपमा अघि जाने र जीत हासिल गर्ने गरी अघि बढेको बताए । एमसीसी लगायतका विषयमा फोरम सञ्चालन गरेर सिङ्गो पार्टीको चेतनालाई विकास गर्ने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण