बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बानेश्वरमा एक युवकमाथि खुकुरी प्रहार

आइतबार, २९ फागुन २०७८, १३ : ५१
आइतबार, २९ फागुन २०७८

काठमाडौंको मध्य बानेश्वरमा युवकमाथि खुकुरी प्रहार गरिएको छ । गत बिहिबार अछामको मंगलसेन नगरपालिका–३ घर भई मैतीदेवी बस्ने ३१ वर्षीय कमन सिंह बोगटीलाई उनकै साथीले खुकुरी हानेका थिए ।

खुकुरी हानेको घटना महानगरीय प्रहरी वृत बानेश्वरले गुपचुप राखेको छ । खुकुरी प्रहार गरेको ३ दिन भैसकेको छ । तर, आरोपीलाई प्रहरीले पक्राउ गरेको छैन । खुकुरी प्रहारबाट कमन सिंह बोगटी घाइते भएका छन् । बोगटीको शरिरमा ४४ वटा टाँका लगाइएको छ । उनी नेकपा एमाले निकट युवा संघमा आवद्ध छन् ।

पीडित परिवारले अछाम घर भएका ३८ वर्षीय कपील भण्डारीले खुकुरी हानेको दाबी गरेका छन् । कमन सिंह र कपिल पहिले सँगै बस्थे । युवकमाथि खुकुरी प्रहार भएको पुष्टि गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीसँग भने–‘आरोपीको खोजी भइरहेको छ ।’ 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप