अर्घाखाँची सिमेन्ट अब ५३ ग्रेडमा
सोमबार, ३० फागुन २०७८, १२ : २६
अर्घाखाँची ओपिसी सिमेन्टले नेपाल सरकारको ५३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस–५७२ प्रमाणीकरण गरी कम्पनीलाई ५३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो । ग्रेडको प्रमाणीकरणले उपभोक्ताहरुलाई अर्घाखाँची सिमेन्टको उत्पादन प्रयोग गर्न निश्चिन्त बनाएको कम्पनीका महाप्रबन्धक उद्धव कार्कीले बताए ।
कम्पनीले यसै वर्षको भदौमा ४३ ग्रेडको मान्यता प्राप्त गरेको थियो । नापतौल विभागले सिमेन्टमा उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले यस वर्षदेखि एनएस–५७२ को अवधारणा सहित ग्रेडिङ प्रणालीलाई अघि सारेको हो । अर्घाखाँची सिमेन्ट कम्पनीले क्लिंकर, ओपिसी र पिपिसी सिमेन्टको उत्पादन गरिरहेको छ । गत आर्थिक वर्ष पब्लिक लिमिटेडमा परिणत भएसँगै यस कम्पनीले आइपीओमा जाने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण