शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अर्घाखाँची सिमेन्ट अब ५३ ग्रेडमा

सोमबार, ३० फागुन २०७८, १२ : २६
सोमबार, ३० फागुन २०७८

अर्घाखाँची ओपिसी सिमेन्टले नेपाल सरकारको ५३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस–५७२ प्रमाणीकरण गरी कम्पनीलाई ५३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो । ग्रेडको प्रमाणीकरणले उपभोक्ताहरुलाई अर्घाखाँची सिमेन्टको उत्पादन प्रयोग गर्न निश्चिन्त बनाएको कम्पनीका महाप्रबन्धक उद्धव कार्कीले बताए ।

 कम्पनीले यसै वर्षको भदौमा ४३ ग्रेडको मान्यता प्राप्त गरेको थियो । नापतौल विभागले सिमेन्टमा उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले यस वर्षदेखि एनएस–५७२ को अवधारणा सहित ग्रेडिङ प्रणालीलाई अघि सारेको हो । अर्घाखाँची सिमेन्ट कम्पनीले क्लिंकर, ओपिसी र पिपिसी सिमेन्टको उत्पादन गरिरहेको छ । गत आर्थिक वर्ष पब्लिक लिमिटेडमा परिणत भएसँगै यस कम्पनीले आइपीओमा जाने तयारी गरेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप