हंगेरीकी महिला खेलौना विमानसँगको प्रेममा पागल
हंगेरीकी एक महिला एउटा खेलौना विमानसँग प्रेममा पागल बनेकी छिन् । २८ वर्षीया सान्ड्रा आफूले खेलौना विमानसँग पहिलो पटक वास्तविक प्रेम पाएको दाबी गर्छिन् । सो विमान सान्ड्राकै शब्दमा उनीसँग भएको सबैभन्दा असल पार्टनर हो । असल प्रेमीकाको नाताले उनले विमानलाई के पो गर्दिनन् ? चुम्बन गर्छिन् । हरेक दिन शुभ रात्रि र शुभ बाहिनीको कामना गर्छिन् ।
बुढापेस्टकी यी युवतीको विमानसँगको चक्कर जनवरीदेखि चलेको हो । त्यसलाई उनले लुफान्स भनेर बोलाउन रुचाउँछिन् । उनले त्यसलाई ६०० पाउन्डमा अनलाईनमा किनेकी हुन् । ‘योसँग किन माया बस्यो मलाई नै पत्तो छैन् । यसलाई केबल म माया गर्छु,’ उनी भन्छिन्, ‘उ सुन्दर छ । उ मेरो आत्मीय साथी हो । बिहान उठ्ने बित्तिकै म उसलाई हेर्छु । सुत्नुअघि मैले दर्शन गर्ने अन्तिम पनि यही हो ।’ मिररमा प्रकाशित एउटा रिपोर्टअनुसार सान्ड्रा पहिलो पटक तीन वर्षको उमेरमा प्लेन देखेकी थिइन् । किशोरावस्थामा विमानमा काम गर्ने सपना देखेकी थिइन ।
उनले सन् २०२१ मा उड्यन क्षेत्रमा काम गर्ने अवसर पाइन । तर, गत वर्ष काम छोडेपछि खेलौना विमानसँगको सम्बन्धमा जोडिइन । आफू वास्तवमै विमानसँग प्रेममा परेको उनले दाबी गरेकी छिन् । लुफान्स उनीसँग भएको अहिलेसम्मकै सबैभन्दा उपर्युक्त पार्टनर हो । ‘मैले पहिले कुनै पार्टनरसँग यस्तो निकट महसुस गरेको थिइँन । जीवनमा पहिलो पटक म प्रेममा छु । औसत व्यक्तिभन्दा बढी मैले सधै विमानहरू मन पराएकी छु । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण