बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाऔँ : काँग्रेस नेता सिटौला

सोमबार, ३० फागुन २०७८, १६ : १३
सोमबार, ३० फागुन २०७८

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनुपर्नेमा जोड दिएका छन् । झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा आयोजित नेपाल आइस पाँचौँ झापा गोल्डकपको समापन समारोहलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् ।

“मुलुक निर्वाचनमा प्रवेश गरिसकेको छ,” उनले भने, “आचारसंहिताको पूर्णपालना गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आग्रह गर्छु ।” दुई महिनाभित्र निर्वाचन सम्पन्न हुने बताउँदै उनले नेपाल अनुशासित लोकतान्त्रिक पद्धति र प्रगतिको मार्गमा अघि बढिरहेको सन्देश विश्वलाई दिनुपर्ने उल्लेख गरे । “जीत हार एउटा पाटो हो,” उनले भने, “परस्परमा हार्दिकता राखेर चुनाव सम्पन्न गर्नुपर्छ ।”

नेता सिटौलाले खेलकुदको विकासमा सबै राजनीतिक दल, संघसंस्था लाग्नुपर्नेमा पनि जोड दिए । डोमालाल रङ्गशालाको संरक्षणमा सबैलाई जुट्न आग्रह गर्दै उनले यसका लागि स्थानीय तहले विशेष पहल गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा रङ्गशालाका लागि जग्गादान गर्ने डोमालाल राजवंशीको परिवारलाई सम्मान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप