इन्जिनियर्स एशोसिएसन लुम्बिनीमा लोकतान्त्रिक प्यानल बहुमतले विजयी
नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसको लोकतान्त्रिक प्यानल विजयी भएको छ । दुईजना प्रदेश सदस्य बाहेक अन्य सबै पदमा लोकतान्त्रिक प्यानल विजयी भएको दर्शन तिवारीले बताए । प्रदेशबाट प्रतिनिधित्व गर्ने एक जना केन्द्रीय सदस्यमा विश्वरंजन मिश्र विजयी भएका छन् ।
एशोसिएशनको प्रदेश सभापतिमा शैलेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ४९९ मत प्राप्त गरेर विजयी भएको निर्वाचन अधिकृत गौतम रौनियारले जानकारी दिए । उनका अनुसार एमाले निकट जीवन अर्यालले ४१६ मत प्राप्त गरेका थिए ।
केन्द्रीय सदस्यमा विश्वरन्जन मिश्र निर्वाचित भएका छन् । उपसभापतिमा लेखबहादुर बस्नेत विजयी भएका छन् । सचिवमा गोविन्द पंगेनी, सहसचिवमा अर्जुन गिरी र कोषाध्यक्षमा सन्दीप रेग्मी विजयी भएका छन् । सदस्यहरूमा दर्शन तिवारी, ईश्वर जिसी, प्रवीन मिश्र, अर्जुन पाण्डे, सोयब अहमद अन्सारी, विनयकुमार गुप्ता, आरती देवकोटा, विद्या भुसाल विजयी भएका निर्वाचन अधिकृत रौनियारले बताए ।
काँग्रेस, एमाले र माओवादी तथा नेकपा एकीकृत समाजवादी निकट इन्जिनियरहरूले तीन प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी
-
चार वर्षमा ६ पटक सरकार गठन, सातौं कसरतमा कांग्रेस, एमाले र नेकपा
-
एमालेको सदस्यता नवीकरण करिब ४० प्रतिशत मात्र
-
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
-
सांसदहरूलाई स्वकीय सचिव राख्न दिन ऐन परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण