शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेसको चुनावी अभियान : को नेतृ कहाँ खटिएका छन् ?

सोमबार, ३० फागुन २०७८, १८ : १३
सोमबार, ३० फागुन २०७८

नेपाली काँग्रेसका धेरैजसो केन्द्रीय सदस्यहरू अहिले निर्वाचन लक्षित प्रचार अभियानमा जिल्लामा व्यस्त छन् । औपचारिक अभियान आइतबारदेखि सुरु भए पनि त्यसको तयारीको लागि चार÷पाँच दिन अघि नै धेरैजसो नेताहरू जिल्ला पुगेका थिए । पार्टीले खटाएअनुसार नै उनीहरू चुनावी प्रचारमा होमिएका हुन् ।

केही केन्द्रीय सदस्यले आफ्नै निर्वाचन क्षेत्र वा आफ्नै गृहजिल्लामा समेत पुगेर गाउँ, घर र टोलमा कार्यकर्ता र स्थानीय भेट्ने अवसर प्राप्त गरेका छन् । काँग्रेसले अहिले पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य र पार्टी पदाधिकारीलाई भने प्रचार अभियानमा सहभागी हुन अनिवार्य गरेको छैन ।

त्यस्तै केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरूले पनि अन्य नेतालाई प्रतिनिधिको रुपमा पठाएका छन् । चुनावी प्रचार अभियानको सुरुवाती चरणमा नेतृहरूको सक्रियता पनि राम्रै देखिएको छ । सरिता प्रसाईं इलाम, सीता गुरुङ संखुवासभा, सुशीला शर्मा ढकाल भोजपुर, कल्पना चौधरी खोटाङ, माया राई सोलुखुम्बु, सरस्वती बजीमया ओखलढुंगा, मञ्जु खाँड धनुषा र नगिना यादव सर्लाहीमा पुगेर चुनाव लक्षित विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

यस्तै जावेदा खातुन बारा, मुक्ताकुमारी यादव सिन्धुली, उर्मिला केसी काभ्रेपलाञ्चोक, गंगालक्ष्मी अवाल सिन्धुपाल्चोक, रमा कोइराला पौडेल रसुवा, अम्बिका बस्नेत ललितपुर, नानु बास्तोला गोरखा,  अन्जली श्रेष्ठ लमजुङ, प्रतिमा गौतम पर्वत र चम्पादेवी खड्का म्याग्दी पुगेर चुनाव लक्षित कार्यक्रमको नेतृत्व गरिरहेका छन् । यस्तै सरस्वती अर्याल तिवारी पाल्पा, शान्ति परियार अर्घाखाँची, रुपा बिक रुकुम पुर्व, सुशीला थिङ रुकुम पश्चिम, जानकी सिंह दैलेख, सीताकुमारी राना अछाम र ईश्वरी न्यौपानेले  डडेलधुराका विभिन्न स्थानीय तहमा पुगेर अभियानको थालनी गरेका छन् ।

नेतृ न्यौपाने औपचारिक रुपमा अभियान प्रारम्भ हुनुभन्दा तीन चार दिनअघि नै डडेलधुरा पुगेकी थिइन् । उनले एक महिनाको अवधिमा जिल्लाका ७ वटै स्थानीय तहका ५२ वटै वडामा औपचारिक , अनौपचारिक कार्याक्रम गर्ने गरी तयारी गरेकी छन् । काँग्रेसले गरेका राम्रा काम र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारेको भ्रम र यथार्थ प्रष्ट पारिदिन कार्यकर्ताले आग्रह गरेको बताइन् ।  पार्टी पदाधिकारी र पार्टीको तर्फबाट प्रतिनिधिसभा महिला सदस्य पनि अनुकुल समयमा प्रचार प्रसारमा पुग्ने योजनामा छन् । 

काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले पर्सी २ चैत बुधबार बस्ने प्रतिनिधिसभा बैठकपछि जिल्लाका कार्यक्रममा सहभागी हुने बताइन् । ‘कुन जिल्ला र स्थानीय तहको कार्यक्रममा सहभागी हुने भन्ने अहिले नै तालिका बनाइसकेको छैन । तर, पर्सी बुधबारको संसद बैठकपछि म पनि अभियानमा सहभागी हुनेछु,’ भुसालले भनिन् । 

यस्तै पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य चित्रलेखा यादव पनि केही दिनपछि अभियानमा खटिने तयारीमा छिन् । अहिले प्रतिकुल स्वाथ्य अवस्थाको कारण आराम गरिरहेकी यादव अभियानमा खटिएर सफल पार्ने योजनामा छिन् । अभियानमा खटिएका नेताले आगामी स्थानीय तहको निर्वाचनलाई लिएर नेता कार्यकर्तामा उत्साह भेटिएको बताएका छन् । आगामी ३० वैशाखमा हुने स्थानीय तहको चुनावलाई लक्षित गरी ‘घर घर जाऔं, काँग्रेस जिताऔँ’ भन्ने नाराको साथ सोमबारदेखि अभियान सुरु भएको हो । अभियानको लागि  काँग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाएको छ ।  न्युज कारखाना  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप