दोहोराे अंकले घट्यो नेप्से, ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार
मङ्गलबार, ०१ चैत २०७८, १५ : २०
आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७ अंकले घटेको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से परिसूचक दोहोरो अंकले घट्दै २६ सय ५० अंकमा आएर रोकिएको हो ।
यसक्रममा आज नेप्सेमा ६५ लाख २९ हजार कित्ता सेयर किनबेच भइ ३ अर्ब ३६ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, कारोबार भएका १३ मध्ये ४ समूह बढेका छन् ।
जीवन बीमा समूह १०२ अंक, होटल एण्ड टुरिजम ९७.७, निर्जीवन बीमा समूह ६७ अंक र म्युचुअल फण्ड समूहमा ०.०९ अंकको वृद्धि आएको छ । यीबाहेक, उत्पादनमूलक समूह १०४ अंकले घटेको छ भने जलविद्युत समूह ४५ अंकले घटेको छ ।
यस्तै, अन्य समूह ३५ अंकले घट्दा लघुवित्त समूह ३९ अंकले घटेको छ । यसका साथै, व्यापार समूहमा समेत २७ अंकको गिरावट आउँदा बैंकिङ समूह ११ अंकले घटेको छ । बजार दोहोरो अंकले घटेपनि इमर्जिङ नेपालको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई सधैँ मलकै पिरलो : ठेक्का प्रक्रियादेखि वितरणसम्म कहाँ छ समस्या?
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण