बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

समाजसेवी रेग्मीको १०१ वर्षमा निधन

मङ्गलबार, ०१ चैत २०७८, २० : ५१
मङ्गलबार, ०१ चैत २०७८

समाजसेवी तथा ज्येष्ठ नागरिक लोकनाथ उपाध्याय रेग्मीको १०१ वर्षको उमेरमा आज निधन भएको छ । ज्येष्ठ नागरिक रेग्मी सामुदायिक रेडियो रामपुरका विशिष्ट आजीवन सदस्य, कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रका आजीवन सदस्य, दरैठाँटी मावि, रामतुलसी मावि, नवदुर्गा माविमा स्थापना भएको डण्डपानी टीकाकुमारी दिव्यरुपा अक्षयकोषका प्रधान संरक्षक, सहिद बहुमुखी क्याम्पसका प्रधान संरक्षक रहेका थिए ।

कालीगण्डकीवेशीका विभिन्न सङ्घ संस्थामा आबद्ध रहेका रेग्मीका श्रीमती, तीन छोरा, तीन बुहारी, सात छोरी, नाती नातीना, पनाति पनातिना गरी १२५ सदस्य परिवारको अभिभावक रहेका छन् । रेग्मीले कालीगण्डकीवेशीका शिक्षा, स्वास्थ्य, सञ्चार, सामाजिक सङ्घ संस्थालगायत विभिन्न संस्थामा रु दुई करोडभन्दा बढीको सहयोग गरेका छन् । रामपुर नगरपालिका–६ विजयपुर बस्ने रेग्मीको आजै कालीगण्डकीको परेवाघाटमा वैदिक परम्पराअनुुसार दाह संस्कार गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप