बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तिनाउ अस्पतालमा खुट्टाको शल्यक्रिया गर्दा पुरुषको मृत्यु, मृतकका आफन्तले गरे नाराबाजी

बुधबार, ०२ चैत २०७८, १३ : ०१
बुधबार, ०२ चैत २०७८

बुटवलको तिनाउ इन्टरनेसनल अस्पतालमा खुट्टाको शल्यक्रिया (अप्रेसन) गर्दा एकजनाको मृत्यु भएपछि बिहानैबाट लफडा भएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–११, भगजोगनीका ४२ वर्षीय ताराप्रसाद चौधरीको बायाँ खुट्टाको अप्रेसनका क्रममा बिहान मृत्यु भएपछि अहिले उनका आफन्तहरुले डाक्टरको लापरवाहीले मृत्यु भएको भन्दै नाराबाजी गरिरहेका छन् ।  मृतकका आफन्तहरुले घटनाको छानविन, दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै अस्पताल घेराउ गरेका हुन् ।

आफन्तहरुले डाक्टरको लापरवाही भएको भन्दै अस्पताल घेराउ र नाराबाजी गरेका छन् । मृतकका आफन्तले माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । सोमबार अस्पताल भर्ना भएका चौधरीलाई मंगलबार साँझ साढे ५ बजेपछि डा.योगेन्द्र अग्रहरि नेतृत्वको टिमले शल्यक्रिया गरेको थियो । ४ वर्षअघि दुर्घटनामा खुट्टा भाँचिएकाले ताराप्रसादको खुट्टामा रड राखिएको थियो ।

अस्पतालका अध्यक्ष चिरञ्जीवी जोशीले उपचारका क्रममा बिरामीको मृत्यु भएको बताए । उनले यसअघि लुम्बिनी सिटी अस्पतालमा दुई पटक अप्रेसन गरेका बिरामी तेस्रोपटक तिनाउमा आएको जानकारी दिए । उनले मंगलबार बिहान उपचार गर्दागर्दै चौधरीको मृत्यु भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप