फागु पर्वले हामीलाई एकताको सुत्रमा बाँधी राख्नेछ : बागमती प्रदेश प्रमुख शर्मा
बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले रङहरुको पर्वका रुपमा उत्साह साथ मनाइने फागुपर्व (होली) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् । पहाडी र हिमाली तथा भित्री मधेसका जिल्लाहरुमा आज (बिहीबार) चैत ३ र तराईका जिल्लाहरुमा भोलि शुक्रबार चैत ४ मा मनाइँदै गरिएको होलीको अवसरमा शुभकामना सन्देश प्रकाशित गर्दै प्रदेश प्रमुख शर्माले फागुजस्ता मौलिक पर्वहरुले हामीलाई एकताको सुत्रमा बाँधी राख्ने उल्लेख गरेका छन् ।
उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘बहुजातीय, बहुभाषिक,बहुसांस्कृतिक, बहुधार्मिक, विविधतायुक्त हाम्रो देश यही विविधताभित्र एकता, सद्भाव र सहिष्णुताका लागि संसारको उत्कृष्ट नमूना बनेको छ । हामीले हाम्रा विशेषताप्रति गौरवबोध गर्न सक्नुपर्दछ । हाम्रा यी मौलिक पर्वहरुले हामीलाई एकताको सुत्रमा बाँधी राख्नेछन् ।’
प्रदेश प्रमुख शर्माले हाम्रा अमूल्य मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्धनले मात्र हाम्रो राष्ट्रिय गौरवको धरोहर संरक्षित हुन सक्ने बताएका छन् ।
शर्माले प्रकृति बासन्ती चोलामा मौलिक रंगहरुले सजिने यो अवसरमा हामीहरु विविध रंगको पर्व मनाइरहेकाले यस पर्वलाई आपसीखुशी र सहमतीको पर्वका रुपमा स्वीकार गरी अनुशासित र मर्यादितभएर मनाउँन सबै उत्साहित हुनुपर्नेमा जोड दिएका छन् । उनले होलीले मानव जीवन रंगीन र उल्लासमय बनाउन सकोस् भन्ने पनि शुभकामना व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
-
श्रेयस अय्यरको कप्तानीमा भारतले जित्यो पहिलो सिरिज, जिम्बावे दोस्रो खेलमा ९० रनले पराजित
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण