कृष्णनगर बजारको सडक दुई दशकपछि कालोपत्रे
मर्मत सम्भार नहुँदा जीर्ण भएको कपिलवस्तुको सीमावर्ती कृष्णनगर बजारको सडक कालोपत्रे हुन सुरु भएको छ । कालोपत्रे भत्किएर जीर्ण भएको दुई दशक बढी समय बितेपछि बल्ल सडक निर्माण सुरु भएको हो ।
बजार क्षेत्रभित्र रहेको तीन मुख्य सडक लुम्बिनी प्रदेश सरकार र कृष्णनगर नगरपालिकाको लगानीले निर्माण हुन लागेको छ । वर्षौंपछि राज्यले सडक निर्माणमा ध्यान दिएपछि कालोपत्रेको काम सुरु भएको कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाहले बताए ।
भारतीय रेल्वे स्टेसनबाट सबैभन्दा नजिक दूरी रहेको कृष्णनगर नाकाको सडकको अवस्था जीर्ण भएको कारणले यात्रुहरूले निकै सास्ती खेप्दै आएका थिए । वर्षायाममा सडकमै पानी भेल बग्ने समस्या रहेको थियो । हाल बजार क्षेत्र अन्तर्गत बैङ्क रोड, गल्ला मन्डी रोड, गोल घर सडक कालो पत्रे हुन लागेको छ । लुम्बिनी प्रदेश सरकारको ३ करोडको लगानीमा गोलघर सडक कालोपत्रे सुरु भएको छ ।
यसैगरी बाँकी २ खण्डमा नगरपालिकाले ८ करोड २० लाख बढी रकम खर्च गरेर कालोपत्रेको काम सुरु भएको नगरपालिकाका इन्जिनियर प्रदीप चौधरीले बताए । पालिकाको योजना अनुसार बजार क्षेत्रमा २ किलोमिटर २१७ मिटर कालोपत्रे हुनेछ ।
कृष्णनगर बजार क्षेत्र भित्रको सबै सडक जीर्ण हुँदा स्थानीय र नेपाल भारत आवत जावत गर्ने नागरिकहरूले सास्ती खेप्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण