नेपाली स्टेन्डिङ क्रिकेट टोलीले बंगलादेशमा खेल्ने
बिहीबार, ०३ चैत २०७८, २२ : १०
नेपाली पुरुष स्टेन्डिङ क्रिकेट टोलीले बंगलादेशमा हुने बंगबन्धु फोर नेसन्स फिजिकल्ली च्यालेन्ज टी– २० क्रिकेट प्रतियोगिता खेल्ने भएको छ ।
बंगलादेशको कोक्स बजारमा चैत १३–१७ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहने नेपाल व्हीलचेयर क्रिकेट संघका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले जनाएका छन् ।
आरपी खरेलको कप्तानीमा खेलाडी टोली १४ सदस्यीय हुने छ । खेलाडी, अफिसियल र प्रशिक्षकसहित जम्मा १७ सदस्यीय नेपाली टोली चैत ११ गते बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ । खेलाडीले डिएभी स्कुल र सेन्ट जेभियर्स स्कुलमा प्रशिक्षण गरिरहेको संघले जनाएको छ । यो प्रतियोगिता उभिएर हिड्न सक्ने फरक क्षमता भएका खेलाडीको अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण