बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली स्टेन्डिङ क्रिकेट टोलीले बंगलादेशमा खेल्ने

बिहीबार, ०३ चैत २०७८, २२ : १०
बिहीबार, ०३ चैत २०७८

नेपाली पुरुष स्टेन्डिङ क्रिकेट टोलीले बंगलादेशमा हुने बंगबन्धु फोर नेसन्स फिजिकल्ली च्यालेन्ज टी– २० क्रिकेट प्रतियोगिता खेल्ने भएको छ ।

बंगलादेशको कोक्स बजारमा चैत १३–१७ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहने नेपाल व्हीलचेयर क्रिकेट संघका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले जनाएका छन् ।

आरपी खरेलको कप्तानीमा खेलाडी टोली १४ सदस्यीय हुने छ । खेलाडी, अफिसियल र प्रशिक्षकसहित जम्मा १७ सदस्यीय नेपाली टोली चैत ११ गते बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ । खेलाडीले डिएभी स्कुल र सेन्ट जेभियर्स स्कुलमा प्रशिक्षण गरिरहेको संघले जनाएको छ । यो प्रतियोगिता उभिएर हिड्न सक्ने फरक क्षमता भएका खेलाडीको अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप