नेपालगञ्जमा बल्न छाडे सौर्य बत्ती
बाँकेको नेपालगञ्ज र आसपासमा जडान गरिएका अधिकांश सौर्य बत्ती बल्न छोडेका छन् । सौर्य बत्ती जडान गरिएको केही महिनामात्र बलेर विस्तारै अधिकांश बत्तीहरू बल्न छाडेका हुन् । एक बर्ष नबित्दै रातको समयमा बत्ति बल्न छाडेपछि सडक दुर्घटनाको झनै जोखिम निम्त्याएको स्थानीयले गुनासो गरेका छन् ।
६ महिनादेखि राम्ररी बलेको छैन । तर, बत्तीको मर्मतसम्भार गर्न सरोकारवालाले चासो नदेखाएको स्थानीय नागरिकहरुले बताउने गरेका छन् । बत्ती मर्मतको लागि नेपालगञ्ज उपमहानगरपालिकाले हरेक बर्ष बजेट विनियोजन गरे पनि बत्ती मर्मत भएका छैनन् ।
उपमहानगरपालिका भित्र दुई सय ५० ओटा सौर्य बत्ती जडान भएका छन् । बत्ती नहुँदा रातको समयमा नियमित आवातजावत गर्न समस्या हुनका साथै सडक दुर्घटनासमेत हुने गरेको बताइएको छ । तर उपमहानगरपालिकाका जनप्रतिनिधिले भने खासै चासो नदेखाएको स्थानीय ललितकुमार रौनियारले बताए ।
तर उप–महानगरपालिकाकी उपमेयर उमा थापा मगरले सडक बत्ती मर्मत भइरहेको बताइन् । उनले उप–महानगरपालिका भित्र सडक बत्ती मर्मतका लागि २० लाख बजेट विनियोजन गरेको बताइन् । उपमहानगरपालिकाको समन्वयमा संसद कोषबाट नेपालगञ्जमा सौर्य बत्ती जडान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण