अपडेटः मनहरी बस दुर्घटनाका मृतकको सनाखत, घाइतेको संख्या १५ पुग्यो
मकवानपुरको मनहरीमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुलेको छ भने घाइते हुनेको संख्या १५ पुगेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर–६ सुनाचुरी भुल चोकमा शुक्रबार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा ४ ख ४४५४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भइ पल्टिदा दुर्घटना भएको थियो ।
दुर्घटनामा २ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने घाइतेको संख्या १५ पुगेको छ । दुर्घटनामा मृत्यु हुनेमा बसका सहचालक नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर–४ घर भएका २२ वर्षीय सुवास श्रेष्ठ र बसमा सवार सोही ठाउँका २९ वर्षीय शम्भु दराई रहेको इलाका प्रहरी कार्यलय मनहरीका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।
दुर्घटनामा घाइते भएकाहरुको उपचारको लागि चितवन पठाईएको उनले बताए । घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको उनको भनाई छ । उनले बसमा कति यात्रु थिए भन्ने एकिन भइनसकेको उनले बताए ।
प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरीरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण