इथियोपियाको अवस्था नाजुक बन्दै : संयुक्त राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघले इथियोपियामा मानवीय सहायताको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको जनाएको छ । उत्तरी इथियोपियाका नागरिक खाना खान पनि नपाउने अवस्थामा पुगेका संयुक्त राष्ट्रसंघले जनाएको छ । त्यहाँ लामो समयदेखि द्धन्द्ध जारी रहेको छ ।
संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकाय, ओचाले बिहीबार इथियोपियाको उत्तरी क्षेत्र टिगरेको अवस्था दिन प्रतिदिन बिग्रँदै गएकाले आवश्यक सहयोगका लागि विश्व समुदायको ध्यानाकर्षण गराएको हो । सो क्षेत्रमा अहिले पनि ८ लाख भन्दा बढी नागरिकले सहायताको खाँचो रहेको बताएका छन् । उनीहरुलाई आधारभूत स्वास्थ्य उपचारदेखि खाद्यान्नकै खाँचो रहेको छ ।
तर पनि दिनमा बढीमा ७ हजार जनालाई मात्र सहयोग दिन सकिएको सो निकायले जनाएको छ । टिगरेमा यहाँका द्वन्द्वग्रस्त समूहहरूले संयुक्त राष्ट्रसंघीय समन्वयमा मानवीय सहायता वितरण गर्ने काममा पनि अवरोध उत्पन्न गरिरहेका बताइएको छ ।
टिगरेबाट मात्र २ लाखभन्दा बढी नागरिक विद्रोहीहरुको हमलाका कारण विस्थापित हुन पुगेका छन् भने यहाँका ८ लाखभन्दा बढीलाई सहयोग आवश्यक छ । तर यहाँ संयुक्त राष्ट्रसंघ तथा अन्य सहायता एजेन्सीहरूले त्यहाँ पुगेर सहायता उपलब्ध गराउन पनि पाएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण