कालीगण्डकीमा एक जना मृत भेटिए
शनिबार, ०५ चैत २०७८, ०९ : ५७
स्याङ्जाका एक पुरुष पाल्पास्थित कालीगण्डकी नदीमा मृत फेला परेका छन् । स्याङ्जाको ग्ल्याङ्ग नगरपालिका–१ मालुङ्गा निवासी ६० वर्षीया मानबहादुर बिक पाल्पाको रामपुर नगरपालिका –१ आँपचौरस्थित कालीगण्डकी नदीमा फेला परेका हुन् ।
पाल्पा प्रहरीका सूचना अधिकृत प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार बिक पाल्पाको रम्भा गाउँपालिका –१ हुँगीमा दाजुलाई भेट्न चैत्र १ गते आएका थिए । सोही दिन त्यहाँबाट फर्किएको बताइने बिक त्यसपछि बेखबर भई खोजतलास गरिएको थियो । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण