खाना पकाउन पानी कुर्दै बस्ने गाउँ
स्मार्ट सिटीको नाम दिइएको तुलसीपुर बजारदेखि १३ किलोमिटर दूरीमा रहेको कल्ले–बल्लेका बासिन्दा अहिले पानी नपाउँदा काकाकुल बनेका छन् । धारा जडान गरिएको छ । घरअगाडि नै पाइप पुगे पनि पानी आउँदैन । बर्षातमा पानीको सहज आपूर्ति हुने भए पनि हिउँदमा भने तुलसीपुर उपमहानगरपापिलका–३ का आधा दर्जन गाउँ काकाकुल हुन्छन् ।
धारामा पानी नआएपछि तीन घण्टा हिँडेर खेलाबाट पानी ल्याउनुपर्छ । खोलामा पनि पालो पाउन गाह्रो पर्छ । ‘धारामा कहिले आउँछ, कहिले आउँदैन,’अम्वास निवासी शशिकला विकले भनिन्, ‘धारामा पानी नआएपछि खोलामा गएर ल्याउनुपर्छ, त्यहाँ पनि पालो कुर्नुपर्छ ।’ सडक र विद्युत् पुगे पनि सहजै खानेपानी पुग्न नसकेको उनको गुनासो थियो । ‘घरमा पानी सकिएको हुन्छ, पानी ल्याएपछि मात्र खाना पकाउने तयारी हुन्छ’ विकले भने, ‘तर कहिले १२ बजेसम्म पनि पानी ल्याई नपुर्याउँदा त्यतिबेलासम्म खान पकाउन सकिँदैन ।’
गाउँका सबै मान्छे २÷३ घण्टा हिँडेर धारेखोला गएर पानी ल्याउने गर्छन् । त्यहाँ पनि पालो पाइँदैन । मुहान सानो भएकाले पहिले गएकाले मात्र पानी पाउँछन् तर पछि गएकाहरुले पानी पाउन पनि मुस्किल हुने गरेको अर्का स्थानीयवासी सावित्रा विकले बताइन् । ‘पानी ल्याउन हामी राति ३ बजे उठेर जानुपर्छ, जो अघि गयो, उसैले पानी पाउने र पछि गएकाले पानी पनि नपाउने अवस्था छ’ उनले भने, ‘पानी ल्याउनलाई राति नै उठ्नुपर्छ ।’
पालो पाएपछि ६ बजे घर पुगिन्छ, नत्र भने १०/११ बज्ने गरेको उनीहरुको गुनासो छ । त्यहाँ थापानी र घुटघुटेबाट पानी ल्याउने गरिएको छ । त्यहाँ गाउँका दुईवटा ट्याङ्की छन् । तीमध्ये एउटा ट्याङ्कीको कल्लेबल्ले र अर्को ट्याङ्कीको अम्बासमा पानी पठाउने गरिन्छ । हिउँदमा पानी नपाउने समस्याले वर्षौंदेखि आफूहरु आजित भएको स्थानीयवासी मालबहादुर वलीले बताए । ‘पटक–पटक निर्वाचनको समयमा पानी ल्याइदिने आश्वासन दिने गर्छन्’ उनले भने, ‘त्यसपछि फर्केर पनि नआउने अवस्था छ, अब निर्वाचन हुन लाग्यो नेताहरुले पानी, सडक, विद्युत्लगायत सपना बाँढ्न थालेका छन् ।’
अहिले त्यहाँ सडक र विद्युत् पुगेको छ । विद्युत् पनि वर्षा लाग्ने बित्तिकै जाने गर्छ । दुई वर्षअघि यहाँ विद्युत् जडान गरिए पनि बेलाबखत बत्ति जाने, आउने समस्या भइरहन्छ। ‘एउटा रूख ढल्यो कि विद्युत् बन्द हुन्छ, त्यसलाई मर्मत गर्न कसैको पनि चासो हुँदैन’ स्थानीय अगुवा लीलामणि बाँठाले भने, ‘सडकको पनि बर्षात त्यस्तै समस्या हुन्छ ।’ कल्ले, बल्ले, टुनापानी, नाउला, अम्बास, शीतधारालगायत गाउँमा खानेपानी पुर्याउनका लागि पहल थालिरहेको तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाँगीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण