माओवादी नेता आचार्यको निधन
शनिबार, ०५ चैत २०७८, १३ : ३७
नेपालगञ्ज निवासी नेकपा माओवादी केन्द्रका नेता दामोदर आचार्यको आज निधन भएको छ । उनन्साठी वर्षीय उनको भेरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको पार्टीका नेपालगञ्ज नगर कमिटी अध्यक्ष रतन शाहीले बताए ।
उनका अनुसार लामो समयदेखि क्यान्सरसँग जुध्दै आएका आचार्य लामो समयसम्म भारतको दिल्लीमा उपचार गराएर नेपाल फर्किएका थिए । स्वास्थ्यमा सुधार भएपछि नेपालगञ्जस्थित घरमै स्वास्थ्य लाभ गरिरहेका उनलाई फेरि बिरामी परेपछि अस्पतालमा भर्ना गरिएको थियो ।
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य रहेका आचार्य नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय पनि भएका थिए । उद्योग क्षेत्रमा लोकप्रिय छवि बनाएका उनी २०७४ को स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट नगर प्रमुखको उम्मेदवार पनि बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण