प्रतिगमनलाई रोक्न चुनावी तालमेल जरुरी: उपाध्यक्ष पौडेल
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद् दुर्गा पौडेलले स्थानीय निर्वाचनमा चुनावी तालमेल गर्ने पार्टीका मुख्य प्राथमिकतामा राखेको बताएकी छन् । उनले ५ दलीय गठबन्धनमा आफ्नो पार्टी नरहेको अवस्थामा पनि प्रतिगमनको खतरा रोक्न चुनावी मोर्चालाई सधैँ खुल्ला राखेको धारणा राखेकी हुन् ।
आज राष्ट्रिय जनमोर्चा बुटवल उपमहानगरपालिकाको नगर भेलालाई सम्बोधन गर्दै राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षतालाई खारेज गर्ने उद्देश्यले भैरहेका प्रतिगमनकारी शक्तिलाई परास्त गर्दै संविधानको रक्षा गर्नु अहिलेको प्रमुख राजनीतिक मुद्दा बन्नु पर्ने बताइन् । एमसीसीलाई राष्ट्रघाती सम्झौता संज्ञा दिँदै वर्तमान सरकारले संसदबाट जालझेल गरी पारित गरेको बताइन् उनले गर्दै यो मुद्दालाई स्थानीय निर्वाचनमा जनताको माझमा पुर्याउने दायित्व आफ्नो पार्टीको काँधमा आएको जिकिर समेत गरिन् ।
राजमोका नगर अध्यक्ष पदमप्रसाद श्रेष्ठको अध्यक्षता भेलाले आगामी स्थानीय निर्वाचन लक्षित १५ दिने प्रारम्भिक कार्यक्रम तय गरेको छ । जसमा वडा भेलाहरू, कार्यकर्ता प्रशिक्षण तथा उम्मेदवार छनौट प्रक्रियाहरूको थालनी गर्ने जनाइएको छ । त्यस अवसरमा अन्य दलहरूसँगको छलफललाई पनि अगाडी बढाउने निर्णय भएको छ । भेलाले निर्वाचन परिचालन समिति, प्रचारप्रसार तथा आर्थिक व्यवस्थापन समिति पनि गठन गरिएको पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण