प्रचण्डले भने- हामी पहिलो पार्टी बन्ने सम्भावना छ
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनावबाट पार्टी पहिलो शक्ति बन्ने सम्भावना रहेको बताएका छन् । पार्टीको गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा पुगेका प्रचण्डले आइतबार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
‘हामी ०४६ मा शान्ति सम्झौता गरेर आउँदा पनि कसैले पनि माओवादीले चुनाव जित्न भन्न सकेको स्थिति थिएन । ठूला भनेका राजनीतिक दलले त ५ सिट आउँछ होला माओवादीको भन्थे’, प्रचण्डले भने, ‘अहिले ०७४ सम्म आइपुग्दा र अब निर्वाचनमा जाँदै गर्दा सबै स्थिति हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावनातर्फ अघि बढेका छौँ ।’
शान्ति, लोकतन्त्र र परिवर्तनको सम्वाहक माओवादी नै हो भन्ने कुरा जनताले बुझ्दै गएको पनि प्रचण्डको भनाइ छ । स्थानीय तहको निर्वाचन तोकिएको मिति वैशाख ३० मै हुने बताउँदै प्रचण्डले यसमा कसैले पनि द्विविधा पाल्न नहुने बताए । उनले निर्वाचनको प्रक्रियामा सामेल हुन र तयारीमा लाग्न पनि नेता कार्यकर्तालाई बताए । प्रचण्डले गठबन्धन होला र चुनाव जितौँला भनेर बस्न नहुने भन्दै आफ्नै तागतमा चुनावमा होमिनुपर्ने पनि दोहोर्याए । प्रचण्डले स्थानीय सरकार बनाउने विषयमा विगतमा माओवादीकै सबैभन्दा धेरै जोडबल रहेर सफलता हासिल भएको पनि बताए ।
पार्टीका लागि यो चुनाव सामान्य औपचारिक चुनाव मात्र नहुने भन्दै प्रचण्डले परिवर्तनलाई उल्ट्याउने प्रयासहरु अझै पनि भइरहेको भन्दै यसका लागि पनि पार्टी चुनावबाट बलियो शक्ति हुन जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार मिटर अग्ला हिमाल चढ्ने ६ जनालाई गण्डकी सरकारको सम्मान
-
निरन्तर बढ्दैछ बर्ड फ्लुको प्रकोप : डेढ खर्बको पोल्ट्री क्षेत्र जोखिममा
-
बागमतीमा सत्ता परिवर्तनको कसरत, के छ दलहरूको तयारी ?
-
गणेश नेपालीको मृत्युपछि गृह मन्त्रालयमा छलफल, सुधन गुरुङ अस्पताल जाँदै
-
इरानी पूर्व सर्वोच्च नेता खामेनीको मशहदमा अन्त्येष्टि सम्पन्न
-
सुकुमबासी बनेर पोखरा बसपार्कमा बस्दै आएका २३३ परिवारको अन्यत्र पनि भेटियो जग्गा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण