शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

गोकुल बाँस्कोटाको टिप्पणी : संवैधानिक नियुक्तिको खारेजी लगभग पक्का !

आइतबार, ०६ चैत २०७८, ११ : ४१
आइतबार, ०६ चैत २०७८

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत गरेका संवैधानिक नियुक्तिहरु खारेज हुने लगभग पक्का भएको बताएका छन् । एमाले पोलिटब्युरो सदस्य र पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले आईतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा ‘एउटा दुरगामी तर तनावपूर्ण निर्णय गराउन परामदेशी सरकार सफल भएजस्तो देखिएको’ टिप्पणी गरेका हुन् । 

‘एउटा दुरगामी तर तनावपूर्ण निर्णय गराउन परमादेशी सरकार सफल भएजस्तो देखिन्छ । त्यो हो –स्वतन्त्र न्यायपालिकाको अन्त्य जसको प्रयोग संवैधानिक नियुक्तीको खारेजीबाट गरिने करिव पक्का’, बाँस्कोटाले आफ्नो फेसबुक पेजमा लेखेका छन् । 

ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत विभिन्न संवैधानिक आयोगमा चार दर्जन भन्दा धेरैलाई नियुक्ति दिलाएका थिए । उक्त नियुक्तिविरुद्ध सर्वोच्चमा परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप