कृष्णले जिते हुन्डाई ओपन गल्फको उपाधि
हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधि कृष्ण पुनले जितेका छन् । गोकर्ण गल्फ क्लबमा सम्पन्न प्रतियोगितामा कृष्णले ४३ स्टेबलफोर्ड अंकका साथ उपाधि जितेका हुन् । ११ ह्यान्डी क्याप खेलेका कृष्ण र बाबु पौडेलको समान ४३ अंक भए पनि काउन्ट ब्याकमा कृष्ण विजयी भएका हुन् । काउन्ट ब्याकमा कृष्णले २१ अंक जोडेका थिए भने बाबुले २० अंक जोडेका थिए । बाबु प्रतियोगिताको उपविजेता बने ।
नेपाल पुलिसका एसएसपी अशोक सिंहले तेस्रो स्थान हासिल गरे । अशोकले ४२ अंक जोडेका थिए ।
बेस्ट ग्रसमा टासी दोङ, टासी छिरिङ र वाङचेन धोन्डुपले समान ३६ अंक जोडे । काउन्ट ब्याकमा टासी दोङले बेस्ट ग्रसको उपाधि जिते । काउन्ट ब्याकमा दोङले १९ अंक जोडेका थिए भने छिरिङ र धोन्डुपले समान १७ अंक जोडेका थिए ।
मेजर जनरल नरेन्द्र रावलले ६० वर्षमाथि उमेर समूहको उपाधि जिते । उनले ३९ अंक जोडेका थिए । दोस्रो स्थानमा रहेका भैरवराज पाण्डेले ३८ अंक जोडेका थिए । महिलातर्फको उपाधि भने प्रतिभा राईले जितिन् । राईले ३८ अंक जोडेकी थिइन् । दोस्रो स्थानमा हासिल गर्न सफल कश्मिरा शाहले ३७ अंक जोडिन् । हुन्डाई कार वनर्स स्पर्धामा श्याम सिमखडाले ३७ अंक जोड्दै उपाधि जिते । वाङचेन धोन्डुपले क्लोजेस्ट टु दी पिनको उपाधि जिते ।
त्यस्तै, लङ्गेस्ट ड्राइभको उपाधि दावा जे शेर्पाले जिते । क्याप्टेन नोर्बु शेर्पाले मोस्ट बर्डिजको उपाधि जिते । शेर्पाले सबभन्दा धेरै ५ बर्डिज खेलेका थिए । हुन्डाई करको नेपालमा आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आयोजना गरेको प्रतियोगिता दुई दिनसम्म चलेको थियो ।
प्रतियोगिता १८ होलमा खेलाइएको थियो । १५५ गल्फरले स्टेबल फोर्ड फरम्याट र ३ बाई ४ ह्यान्डी क्यापमा खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण