बुटवलमा चार नक्कली परीक्षार्थी पक्राउ
सोमबार, ०७ चैत २०७८, १३ : ५१
बुटवलमा सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय लुम्बिनीले लिएको सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिने दुई जना भारतीय नागरिकसहित चारजना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ढगबहादुर केसीका अनुसार पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका–७ का २२ वर्षीय उद्दयराज भण्डारी, कपिलवस्तु नगरपालिका–४ का २० वर्षीय दुर्गेश पाल, भारत उत्तर प्रदेश जिल्ला महाराजगञ्जका १९ वर्षीय सन्दिप कुर्मी र सोही ठाउँका १९ वर्षीय महिप बर्मा रहेका छन् । पक्राउ परेका ४ जनालाई सार्वजनिक कसुर अन्तर्गत अनुसन्धान सुरु भएको केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुर्याउने सरकारको लक्ष्य
-
महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
-
अभिनेता परेश रावलले खोले राजनीति छोड्नुको कारण
-
अमेरिकी दूतावासले सिकायो नेपाली व्यवसायीलाई एआई प्रयोग
-
प्रदेश सरकारमा सहभागी हुन कांग्रेस–एमालेसामु नेकपाको तीन सर्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण