मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

पाकिस्तान पश्चिमा दबाबसामु झुक्दैन : प्रधानमन्त्री खान

सोमबार, ०७ चैत २०७८, १६ : १७
सोमबार, ०७ चैत २०७८

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पुनः एकपटक विदेशी शक्ति विरुद्ध खनिएका छन् । रुसले युक्रेनमा गरेको आक्रमणको चौतर्फी विरोध भैरहेका बेला उनको यस्तो प्रतिक्रिया आएको हो ।  ‘हामीले यो साढे ३ वर्षको अवधिमा पाकिस्तानको समृद्धिका लागि प्रयास गरेका छौ,’ खानले भने ।

रुस विरुद्ध खनिएका अन्तर्राष्ट्रिय समूहको निन्दा गर्न किन पाकिस्तानले बेवास्ता गर्यो भन्ने जिज्ञासाकै बीच उनले उक्त प्रतिक्रिया दिएका हुन् । इयू लगायत जापान, स्वीटजरल्यान्ड, क्यानडा, यूके र अस्ट्रेलिया लगायतका झन्डै २ दर्जन कुटनीतिज्ञहरूले मार्च १ मा पाकिस्तानलाई पत्र लेखेर प्रोटोकलको उल्लंघन गरेको उनले बताए । युक्रेनमा रुसले आक्रमण गरेपछि त्यसको विरोधमा ऐक्यबद्धता जनाउन दबाबस्वरुप उनीहरुले पाकिस्तानलाई पत्र लेखेका थिए ।  ‘मैले र मेरो मुलुकले शीर झुकाउने छैन,’ उनको भनाई थियो । पाकिस्तान अहिले रुसको पक्षमा देखिँदै आएको छ । 

आफ्नै पार्टीबाट धेरै किसिमका नियमहरु उल्लंघन भएको आरोप खेपेका उनले संसदीय बहुमत गुमाएका छन् । इमरान खानले यसैसाता अविश्वासको प्रस्तावको सामना गरेका थिए । उनले नेशनल एसेम्बलीमा विपक्षीलाई गाली समेत गरेको द एक्सप्रेस ट्रिब्यूूनले जनाएको छ । अफगानिस्तानको आतंकवादी युद्धमा पाकिस्तान पनि हिस्सा भएको बताउँदै उनले यसबाट ८०,००० जनता र १ खर्ब डलर गुमाएको उनले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप