पल शाहको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

अभिनेता पल शाह संलग्न जबरजस्ती करणी सम्बन्धी अनुसन्धान प्रहरीले पुरा गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको तनहुँका एसपी राजेन्द्रबावु रेग्मीले रातोपाटीलाई बताए । तनहुँ प्रहरीले आइतबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । नाबालिग बलात्कारबारे शाहले इन्कारी बयान दिएका छन् । सरकारी वकिलले अदालतमा मुद्दा दायर गरेपछि थुनछेक बहस हुन्छ ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले पनि शाहबारे छुट्टै अनुसन्धान प्रतिवेदन त्यहाँको सरकारी वकिललाई बुझाएको छ । फागुन २४ मा तनहुँबाट पूर्वी नवलपरासीमा उपस्थित गराइएका शाहसँग प्रहरीले बयान लिएर एकसाता अनुसन्धान गरेको थियो । नावालिगलाई उनले फरक समयमा पूर्वी नवलपरासीमा पनि बलात्कार गरेको आरोप छ । फागुन १५ बाट पल शाह (पूर्णविक्रम शाह) प्रहरीको हिरासतमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित