पल शाहको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा
अभिनेता पल शाह संलग्न जबरजस्ती करणी सम्बन्धी अनुसन्धान प्रहरीले पुरा गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको तनहुँका एसपी राजेन्द्रबावु रेग्मीले रातोपाटीलाई बताए । तनहुँ प्रहरीले आइतबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । नाबालिग बलात्कारबारे शाहले इन्कारी बयान दिएका छन् । सरकारी वकिलले अदालतमा मुद्दा दायर गरेपछि थुनछेक बहस हुन्छ ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले पनि शाहबारे छुट्टै अनुसन्धान प्रतिवेदन त्यहाँको सरकारी वकिललाई बुझाएको छ । फागुन २४ मा तनहुँबाट पूर्वी नवलपरासीमा उपस्थित गराइएका शाहसँग प्रहरीले बयान लिएर एकसाता अनुसन्धान गरेको थियो । नावालिगलाई उनले फरक समयमा पूर्वी नवलपरासीमा पनि बलात्कार गरेको आरोप छ । फागुन १५ बाट पल शाह (पूर्णविक्रम शाह) प्रहरीको हिरासतमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोकियोले पुरुषहरूलाई कार्यालयमा हाफपाइन्ट्स लगाउन प्रोत्साहित गर्यो, समकक्षी महिला दिक्क
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण